तनहुँ । तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताउनु भएको छ ।
उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उहाँले भन्नुभयो, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’
नेपालमा सुशासन नरहेको र कुशासन भएको उहाँले बताउनु भयो । निर्वाचन केन्द्रित सम्पर्क कार्यालय प्रारम्भ गर्ने क्रममा स्वर्णिमले भन्नुभयो, ‘हाम्रो प्रणालीहरु असाध्यै भत्किएका छन् । किनबेच र सेटिङका कुराहरु छन् । सार्वजनिक संस्थानहरुमा क्षयीकरण भएका छन् ।’
प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको वाग्लेले बताउनु भयो । नेपालजस्तै मूलुकहरुले आर्थिक विकासमा गर्दा पद्धति बिग्रेकाले ती देश सरह पुग्न नसकिएको उहाँले बताउनु भयो ।
खबर बजार । २० चैत्र २०७९, सोमबार १६:५३