मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

गोविन्द भट्टराईसँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण माग

१ मिनेट पढाइ

तनहुँ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईसँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।

भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फद उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।