

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।
दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको वैठकमा उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । उहाँलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा सदनमा उपस्थिति जनाउने छ ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ ।
शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

खबर बजार । १५ बैशाख २०८०, शुक्रबार ११:३१