गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गर्नु भएको छ । सत्तारुढ घटक माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले पनि मन्त्रीको शपथ लिनु भयो । उहाँहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।

पाण्डे नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बिहीबार मुख्यमन्त्री बन्नु भएको थियो ।