

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबारे पर्ख र हेरको नीतिमा देखिएको छ ।
रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिनु भयो ।
उहाँका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । ‘पार्टी कि त प्रतिपक्षमा बस्छ कि त सरकारमा जान्छ । पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्नेबारे शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्नेछ’, उहाँले भन्नु भयो ।
रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो ।

खबर बजार । १८ बैशाख २०८०, सोमबार १४:५६