पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाउनु भएको छ ।
गत १४ गते नियुक्त हुनुभएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।
उहाँलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।
नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेको छ ।
खबर बजार । २१ बैशाख २०८०, बिहीबार १७:०७