मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गण्डकीमा चार मन्त्रि नियुक्त, शपथ दिउँसो ४ बजे

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण दिउँसो ४ बजे राखिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

Dailekhi urja

गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो । १५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।

nepalgunj