संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्छः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालमा संघीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताउनुभयो । उहाँले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।

उहाँले कालापानीबाट भारतिय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका निति, कार्यक्रम पारित हुनुपर्ने बताउनुभयो ।