राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेको छ । उहाँलाई आज मङ्गलवार बिहान अस्पताल लगिएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि फोक्सोमा समस्या देखिएपछि गएको वैशाख ६ गते राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ’एम्स’ मा लगिएको थियो ।