कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँले बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शपथ लिनु भएको हो ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुनु भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उहाँको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उहाँको समर्थन पनि लिएर थापा मुख्यमन्त्री हुनु भएको छ ।