मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

उहाँ दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनुहुन्छ । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत हुनुहुन्छ ।

आज बिहान साढे ८ बजे उहाँको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिनु भयो ।

यादव समानुपातिक सांसद हुनुहुन्थ्यो ।