एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

आइतबार साढे १ बजेदेखि मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको थियो ।

१० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ ।

एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।