

सुर्खेत । २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुको विदाई गरिएको छ ।
२०७४ वैशाख ३१ गते सम्पन्न पहिलो स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल गत वैशाख ३० गतेबाट सकिएको छ । शुक्रवार वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारीहरुले नगरप्रमुखसहित १६ वटै वडाका जनप्रतिनिधिहरुलाई विदाई गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारीले जनप्रतिनिधिहरुलाई फुलमाला तथा खादा ओडाएर बिदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै निवर्तमान नगर प्रमुख देवकुमार सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा समृद्ध नगर निर्माणमा सहयोग गर्नुहुने सम्पूण कर्मचारी परिवारलाई धन्यवाद दिनुभयो ।
बिदाई कार्यक्रममा नगरप्रमुख सुवेदी, नगरपालिकामा कार्यरत कर्मचारी तथा १० वटै वडाका वडाध्यक्ष, सदस्य लगायतको उपस्थिती रहेको थियो । आगामी पाँच वर्षे नयाँ कार्यकालका लागि नगरप्रमुखमा नेकपा एमालेकी मोहनमाया ढकाल र उपप्रमुखमा एमालकै निलकण्ठ खनाल निर्वाचित हुनुभएको छ ।
ढकाल निवर्तमान उमपमेयर र खनाल वडा नं। ४ का निवर्तमान वडाध्यक्ष हुनुहुन्थ्यो ।

खबर बजार । ७ जेष्ठ २०७९, शनिबार ०६:३६