
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाहको विजय निश्चित भएको छ । उहाँले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।
पछिल्लो मतगणनाअनुसार उहाँले ३१० मत पाउनु भएको छ भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाउनु भएको छ । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाउनु भएको छ ।
एमाले कर्णाली अधिवेशनमा ६ सय ९ मत खसेकोमा पाँच सय मत गणना भैसकेको छ ।




खबर बजार । १५ आश्विन २०८०, सोमबार २०:११