

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री घनराज गुरुङलाई पितृले भोट हालेको भन्दै व्यंग्य गर्नु भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कानूनमन्त्रीले बुुथ कब्जा सदर गर्नेलाई न्यायाधीशको उपहार दिएको आरोप लगाउनु भयो ।
उहाँले भन्नु भयो, ‘जित्नको लागि ९९ प्रतिशत मत खसालेको छ । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत खाडीमा छन् । केही मान्छेमाथि गए ती पनि मत खसाल्न आए । कति पपुलर पितृले पनि मत खसाले ।’
बुथ कब्जा गरेर भएको निर्वाचन धाँधलीरहित भनेर सिफारिसस गरेका निर्वाचन अधिकृतलाई न्यायाधीश बनाएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, ‘बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला । उहाँको त बानी नै छ मरेका मान्छेले भोेट हाल्न पाइन्छ भन्ने ।’

खबर बजार । १६ आश्विन २०८०, मंगलवार १६:४५