सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । संसदीय समितिले नाम अनुमोदन गरेर पठाएका छ जनालाई राष्ट्रपतिले आज बुधवार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश सारङ्गा सुवेदी, उच्च अदालत हेटौँडाका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशहरू महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । छ जना न्यायाधीशको नाम आजै संसदीय सुनवाइ समितिले अनुमोदन गरेको थियो ।