

सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन यही फागुनमा हुने भएको छ । यही पुस २१ र २२ गते वीरेन्द्रनगरमा बसेको जिल्ला कमिटि बैठकले फागुन ४,५, र ६ गते वीरेन्द्रनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गरीसक्ने पार्टी केन्द्रको निर्णय अनुसार अधिवेशनको मिति तय गरिएको नेकपा एमाले सुर्खेतले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत कुमार वि.सी.ले अधिवेशनलाई सफल पार्न विभिन्न समिति गठन र समितिका संयोजकहरु तोकिएको जनाउनु भयो ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समितिको संयोजकमा अमृत कुमार वि.सी., प्रतिनिधि व्यवस्थापन उपसमितिमा कुलमणि देवकोटा, प्रचार प्रसार उपसमितिमा गंगाराम तिमिल्सेना, आर्थिक व्यवस्थापन उपसमितिमा डम्मरप्रसाद तिवारी, भोजन व्यवस्थापन समितिमा पूणप्रसाद पौडेललाई संयोजक तोकिएको छ ।
तेस्तै, स्वयंसेवक परिचालन समितिको संयोजकमा गंगाराम सुनार र सहसंयोजकमा गणेशमान खनाललाई तोकिएको छ ।
भने, मञ्च तथा हल व्यवस्थापन समितिमा सुर्यबहादुर रावत, अतिथि सत्कार समितिमा कोकिला सिंह बि.सीं, स्वास्थ्य सेवा समितिमा दिर्घ मल्ल लाई संयोजक तोकिएको छ ।
एमाले सुर्खेतले प्रतिनिधि छनोट माघ २७ गते वडा स्तरको भेला बाट गर्ने जनाएको छ ।
सुर्खेतमा एमालेका १० हजार ५ सय ५८ जना संगठित सदस्य रहेको ।

खबर बजार । २२ पुष २०८०, आईतवार १७:१३