विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
मंगलबार प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बन्नुभएको हो ।
सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित हुनुहुन्थ्यो ।
खबर बजार । २४ पुष २०८०, मंगलवार १८:३६