नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएको छ ।

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित हुनुभएको छ ।