काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन पूर्व, अघि र निर्वाचनको समेत गरी तीन चरणमा अनुगमन गर्ने तयारी रहेको बताउनुभयो ।
‘आयोगले उम्मेदवारी मनोनयनको पनि अनुगमन गरेको थियो’ मानव अधिकार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष मगरले भन्नुभयो, ‘निर्वाचन९मतदान०का दिनमा समेत आयोगको टोलीले देशव्यापी अनुगमन गर्नेछ ।’ उहाँका अनुसार निर्वाचनको अवधिमा आयोगले ४७ वटा टोली बनाएर परिचालन गर्ने र निर्वाचनको अनुगमन गर्ने योजना बनाएको छ ।
आयोगका अनुसार, अनुगमनका लागि कन्ट्रोल रुम९नियन्त्रण कक्ष० र द्रूत अनुगमन संयन्त्र बनिसकेको छ । आयोगका सदस्य सूर्य ढुंगेलले मधेश प्रदेशको अनुगमन गर्नेछन् भने मिहीर ठाकुरले गण्डकी, मनोज दुवाडीले सुदूरपश्चिम, लिली थापाले प्रदेश–१ को अनुगमन गर्नुहुने भएको छ ।
मनोनयन दर्ताको अनुगमन गरेको आयोगले सिमान्तकृत समूदायको उमेद्वारी घटेकोमा चिन्ता व्यक्त गरेको छ । ‘विगतको तुलनामा महिला उम्मेदवारी कमी देखिएको छ’ आयोगका अध्यक्ष मगरले भन्नुभयो, ‘समावेशी समूहबाट पनि कम मनोनयन हुनु चुनौती हो ।’
खबर बजार । २२ बैशाख २०७९, बिहीबार ०८:५२