

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्नुभएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर रविले अघिल्लो पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुत गलत भएको स्वीकार गर्नुभएको हो । त्यो बेला आफूले डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहिया लगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको उहाँले बताउनु भयो । “अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरुलाई पर्सनल अट्याक पनि गरेको छु आवेगवश” उहाँले भन्नुभयो, “त्यसको लागि क्षमा चाहन्छु ।”
लामिछानेले २२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर विभिन्न आरोप लगाउनु भएको थियो ।

खबर बजार । ८ माघ २०८०, सोमबार १८:०२