“एमसीसीबारे तपाईंहरूले चाँडै निर्णय नगरी भएन” ओली: “हाम्रो तयार छ, पहिला तपाईंहरू क्लियर हुनुहोस् “

काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गर्नभएको छ ।

एमाले अध्यक्षको सचिवालयका अनुसार दुई शीर्ष नेताबीच भएको फोनवार्तामा प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै प्रस्ताव गर्नुभएकोमा ओलीले प्रचण्डका दुवै प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

प्रचण्डले फोनमा भन्नभएको थियो, “एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।” जवाफमा ओलीले, “सत्ता साझेदार दलहरुबीच साझा धारणा बनेलगत्तै आफ्नो पार्टीले निर्णय सार्वजनिक गर्छ” भन्नुभएको छ ।

वार्तामा प्रचण्डले एमसीसी सबै दलको सहमतिमा पास गर्ने वा सर्वसम्मतीको प्रयासका लागि चुनावपछि निर्णय गर्ने गरी समय माग्ने विकल्प प्रस्तुत गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले दुवै प्रस्ताव अस्वीकार गरेको सचिवालयले जानकारी दिएको छ ।