संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नु भएको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिनु भयो ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिनु भएको थियो । राष्ट्रपति पौडेलले उहाँको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गर्नु भएको हो ।

सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले जानकारी दिनुभयो ।
गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गर्नु भएको थियो ।