एमाले कर्णाली काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा मुगुका भक्त रावत सर्वसम्मत

काठमाडौं । नेकपा (एमाले) कर्णाली काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा मुगुका भक्त रावत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

माघ २७ गते बाट सुरु भएको कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

पार्टी कार्यालय च्यासलमा भएको सम्पर्क कमिटीको बन्दशत्रले कमिटीको उपाध्यक्षमा जाजरकोटकी पुजा बस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित हुनुभएको कर्णाली काठमाडौं सम्पर्क कमिटीका नवनिर्वाचित सचिव राकायाले जानकारी दिनुभयो ।

गत शनिबार काठमाडौंको सामाखुशीस्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

निर्वाचित कमिटीले फागुन ४ गते शुक्रबार सपथ ग्रहण गर्ने निर्वाचित सचिव लोकेन्द्र राकायाले जानकारी गराउनु भयो ।