

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने, समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल गर्ने, पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय पनि बारे छलफल गर्ने, जनपरिचालन र जनदबाबका एजेन्डाहरु लगायतको कार्यसूची बनाइएको छ ।
गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको हो ।

खबर बजार । ८ फाल्गुन २०८०, मंगलवार १२:१४