

काठमाडौं । नेपाली धनाढ्य विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिन सफल हुनुभएको छ ।
सन् २०२१ मा २१४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ मा स्थानमा उक्लिएको फोर्ब्स रियल टाइमले जनाएको छ ।
तर, चौधरीको सम्पत्ति चाहिँ स्थिर देखिएको छ । फोर्ब्सका अनुसार चौधरीको कूल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ ।
फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ समेत देखाएको छ ।

खबर बजार । २५ माघ २०७८, मंगलवार १७:३०