सुर्खेत । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु वीरेन्द्रनगर नगर कमिटी सुर्खेतले प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
एमाले जिल्ला पार्टी कार्यालय ऋषि स्मृति भवनमा आयोजित रक्तदान कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहमा रहेका २४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटी सदस्य नविन योगि, सचिवालय सदस्य प्रेम खड्का, धुपेन्द्र शाही, प्रभात पोखरेल, केन्द्रिय सदस्य निकुञ्ज पाण्डे, जिल्ला अध्यक्ष आशिष आचार्य, सचिव ललित खत्री, उपसचिव दिपक दिवारी, नेताहरु आशिष रेग्मी, मनिष चन्द र खेलकुद महासंघका केन्द्रिय सदस्य सुरज थापा लगायतको सहभागिता थियो ।
कार्यक्रम नगर कमिटी अध्यक्ष प्रतिक शाहिको अध्यक्षतामा भएको हो ।
खबर बजार । ७ फाल्गुन २०७८, शनिबार १२:०६