सुर्खेत । हुम्लामा पछिल्लो एक वर्षमा जडिबुटी निकासीबाट झण्डै दुई करोड राजश्व संकलन भएको छ ।
जिल्लाबाट १२ प्रकारका ४ लाख ८१ हजार केजी जडिबुटी निकासी भएको डभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका वन अधिकृत प्रविण पौडेलका अनुसार जडिबुटी निकासीबाट १ करोड ९८ लाख ९६ हजार राजश्व संकलन भएको हो ।
३ लाख ४० हजार केजी जटामसी निकासीबाट मात्रै १ करोड ७० लाख राजश्व संकलन भएको छ भने अन्य ११ प्रकारका जडिबुटीबाट २९ लाख राजश्व संकलन भएको छ ।
हुम्लाबाट निकासी हुने जडिबुटीमा जटामासी, कुट्की, चिराइतो, सेतक चिनी, सुगन्धवाल, अत्तिस, सिलाजित, धुपी, कालादाना, वन लसुन, अल्लो, विष र गुच्ची च्याउ रहेका छन्।
दुई वर्षयता जडिबुटी निकासीबाट राजस्व सङ्कलनमा बृद्धि भएको कार्यालयले जनाएको छ।
खबर बजार । १५ बैशाख २०७९, बिहीबार ०६:५३