अब बैंकबाट गणेशजलको खातामा रकम ट्रान्सफर गर्न सकिने

सुर्खेत । सुर्खेतको गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमा आधारित थप नयाँ सुविधा सुरु गरेको छ ।

अब गणेशजल सहकारी संस्थाका सदस्यले सहकारीको एप्लिकेसन ‘जिएमसी स्मार्ट’ प्रयोग गरेर बैंक खाताबाट आफ्नो सहकारीको खातामा सहजै रकम ट्रान्सफर सक्नेछन् ।   

गणेशजल सहकारीले सुरु गरेको यो सेवा नेपालमै पहिलो रहेको संस्थाका अध्यक्ष प्रेमकुमार वि.सी. को दावी छ । संस्थाले वालेट कम्पनी ‘वी पे’ सँगको सहकार्यमा सेवा सुरु गरेको वि.सी. ले बताउनुभयो ।

यसरी हुने कारोबारको सेटलमेन्ट राष्ट्रिय सहकारी बैंकले गर्ने छ । बैंक तथा वित्तीय संस्थाका खाताबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी बैंक ‘सेटलमेन्ट बैंक’ समेत भएको छ ।

राष्ट्रिय सहकारी बैंकले ‘बैंक टू सहकारी’ रकम ट्रान्सफरको सेटलमेन्टको परिक्षण गरिरहेको छ ।

गणेशजल यसअघि पश्चिम नेपालमै पहिलो पटक एटीएम सेवा, सहकारी बाट बैकमा रकम रकमान्तर गर्ने पहिलो सहकारी हो ।