

विराटनगर । कैदीको सरुवाको विषयमा झापा कारागार भित्र झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।
झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।
आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ ।
कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको हो ।

खबर बजार । १९ श्रावण २०८०, शुक्रबार १६:४८