करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत । करेन्ट लागेर सुर्खेतको वीरेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ । घरमा टायल लगाउने क्रममा करेन्ट लागेर वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको मृत्यु भएको हो ।

साँकेतिक तस्बिर

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा कोइरालालाई करेन्ट लागेको थियो ।

प्रहरीले अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुईमा झार्दै गर्दा विजुलीको तारमा परेर करेन्ट लागेको बताएको छ ।

करेन्ट लाग्नासाथ कोइरालालाई उपचारको लागि देउती नसिङ होम उपचारको लागि पुर्‍याइएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।