

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो ।
मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरिकन तोक आदेशका भरमा जागिर खाएकाहरुलाई हटाइएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरु समेतलाई हटाइएको हो । साउनदेखि पुस मसान्तसम्मका लागि करार गरिएका कर्मचारीको म्याद नथपिएको उपमहानगरपालिकाले जनाएको छ ।

खबर बजार । १८ माघ २०७९, बुधबार १४:०१