भोलिदेखि फेरि पानी पर्ने, यस्तो छ मौसमी अवस्था

काठमाडौं । भोलि बुधबारदेखि फेरि देशका धेरै ठाउँमा वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार फेरि पनि नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना छ ।

बुधबार कर्णाली, सदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने छ ।

विभागकाअनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।

विभागकाअनुसार यस वर्षको हिउँदमा करिव सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ ।

तर यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७.७ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो ।