
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ ।
एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ ।
एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८(ड) र दफा २९(१) अनु
पत्रमा एन्फाले राखेपबाट आएका सबै निर्देशनको समयमै पालना गर्दै लिखित जवाफ दिँदै आएको उल्लेख गरेको छ ।
साथै, निर्वाचनसम्बन्धी विषयमा फिफा र एएफसीको निर्देशनबारे पनि परिषदलाई जानकारी गराइसकेको जनाइएको छ।
एन्फाले आफू एक स्वायत्त संस्था भएको र फिफा तथा एएफसीको सदस्यका रूपमा उनीहरूको नियम र निर्देशन पालना गर्नु आफ्नो दायित्व भएको बताएको छ । साथै, तेस्रो पक्षको हस्तक्षेप भएमा नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा निलम्बनमा पर्न सक्ने चेतावनीसमेत फिफा र एएफसीबाट आएको उल्लेख गरिएको छ ।
निर्वाचन स्थगन भए अन्तर्राष्ट्रिय प्रतियोगिता, आर्थिक तथा प्राविधिक सहयोगसमेत रोकिने भएकाले निर्धारित मितिमै निर्वाचन गर्न बाध्यात्मक अवस्था रहेको एन्फाले जनाएको छ । एन्फाले राखेपलाई कुनै पनि निलम्बनको निर्णय नगर्न र निर्वाचन सम्पन्न गर्न सहयोग गर्न पुनः अनुरोध गरेको छ।
राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु नपर्ने हो ?’ भन्ने कारण सोध्दै २४ घण्टाको अल्टिमेटमसहित पत्र पठाएको थियो ।




खबर बजार । ११ चैत्र २०८२, बुधबार १७:४९