काठमाडौं । युरोपको भिसा लिनको लागि अब अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने भएको छ । नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुले भिसा आवेदनमा खोप कार्डलाई अनिवार्य गर्न थालेका हुन् ।
जर्मनीले युरोपको लागि सेन्जेन र न्यासनल भिसामा खोप कार्ड अनिवार्य गरिएको जनाएको छ । काठमाडौंस्थित जर्मनी दूतावासले खोप नलगाएका नेपाली भिसा आवेदकहरुको आवेदन रद्द गरिएको जनाएको छ ।
दूतावासले आज विज्ञप्ति जारी गर्दै खोप नलगाएका नेपाली आवेदकहरुको भिसा अप्वाइमेन्ट रद्द गरिएको घोषणा गरेको छ । आगामी माघ ७ गतेदेखि खोप लगाएका व्यक्तिले मात्र भिसा आवेदन दिन पाउने भएका छन् ।
खबर बजार । ३ माघ २०७८, सोमबार १४:१९