३४ औँ राष्ट्रिय पुरुष भलिबल: एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा

सुर्खेत । बिभागिय टोलि एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सुर्खेतमा चलिरहेको प्रतियोगिताको आज सोमवार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ ।

आजै भएको समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै सेमिफाइनलमा पुग्यो । आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको ५ ।

यसैगरी आजै भएका खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायो । यस्तै अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हरायो ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुर्खेतमा भइरहेको छ ।