
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ ।

यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन ।
वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो ।
त्यसको जवाफमा मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।




खबर बजार । १६ चैत्र २०८२, सोमबार ०८:४२