मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

अभिनेता अनमोल केसी पक्राउ

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको हो ।

केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिनु भएको थियो ।

Dailekhi urja

त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् । केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिनु भएको थियो । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका हुन् ।

nepalgunj