

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार देखि अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वीरेन्द्रनगर युथ क्लवको आयोजनामा ‘वीरेन्द्रनगर युथकप पुरुष भलिबल प्रतियोगिता’ हुने भएको हो ।
फागुन २२ गते आइतबारदेखि २४ गतेसम्म हुने प्रतियोगितामा सुर्खेतका ९ वटै स्थानीय तहका टिमहरू सहभागी हुने आयोजकले खबरबजारलाई जनाएको छ ।
प्रतियोगिताको उद्घाटन आइतबार दिउसो २ बजे हुने आयोजक क्लवका अध्यक्ष निराजन ढकालले जानकारी दिनुभयो ।

खबर बजार । २१ फाल्गुन २०७८, शनिबार २१:४४