काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीलाई पुलिसले ८९ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।
जितसँगै समुह ‘ए’को शीर्ष स्थानमा रहेर पुलिसले सेमिफाइनल यात्रा सहज बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर २ सय ४४ रनको विशाल योगफल तयार गरेको थियो ।
पुलिसले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनमात्र बनाउँन सफल भयो ।
पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको पुलिसले दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको थियो ।
यस्तै, पहिलो खेलमा प्रदेश–१ विरुद्ध ३१ रनको जित निकालेको कर्णाली दोस्रो खेलमा सुदुरपश्चिमसँग ४७ रनले हारेको थियोे ।
खबर बजार । ३० पुष २०७८, शुक्रबार ०८:४५