म.प. विश्विविद्यालयमा वार्षिक खरिद योजना निर्माण सम्बन्धी अन्तरक्रिया

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको अगुवाइमा विश्वविद्यालयको समग्र योजना निर्माणसँगै वार्षिक खरिद योजना निर्माणका लागि सोमवार केन्द्रीय प्रशासनिक भवन अवस्थित विभिन्न निकायका प्रशासन, लेखा, स्टोर सम्बद्ध उपलब्ध कर्मचारीहरुसँग अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ ।

वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यकारी निर्देशकत्रय डा. लक्ष्मीप्रसाद आचार्य (पाठ्यक्रम विकास निर्देशनालय), डा. यदुप्रसाद ज्ञवाली (अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालय) र डा. सुशीलकुमार शाही (गुणस्तर सुनिश्चितता निर्देशनालय) सहित विभिन्न तहका जिम्मेवार कर्मचारीहरुको समुपस्थिति रहेको थियो ।

बैठकमा कार्यकारी निर्देशक डा. खड्काले विश्वविद्यालयको मूल नेतृत्वको स्पिरिट अनुरुप योजना निर्माणमा Top to bottom नभै Bottom to top approach प्रयोग गरी विश्वविद्यालयका योजना निर्माणसँगै कार्यान्वयनमा प्रभावकारिता ल्याउन मस्तिष्क मन्थन गरी योजना निर्माणमा परिपक्वता ल्याउन यस किसिमको प्रारम्भिक बैठक अयोजना गरिएको बताउनुभयो । उहाँले कर्मचारीहरुबाट प्राप्त सुझावलाई मनन गर्दै आवश्यकता अनुरुप विभिन्न निकायमा चरणबद्ध छलफल गरी योजना निर्माणको खाकालाई अन्तिम रुप दिने बताउनुभयो ।