
काठमाडौँ । सिरहा जिल्लास्थित नवराजपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षसहित चार जनालाई दोषी ठहर गरिएको छ ।

करिब नौ महिनाअघि दायर अभियोगमा विशेष अदालत ले आंशिक कसूर कायम हुने निर्णय सुनाएको हो ।
फैसलाअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सब-इञ्जिनियर जयनारायण यादव तथा गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन प्रसाद यादव दोषी ठहर भएका छन् ।
करिब ३४ लाख ४० हजार रुपैयाँ बराबरको अनियमिततासम्बन्धी मुद्दामा दोषी ठहरिएका चारै जनाको सजाय निर्धारणका लागि २६ फागुनको मिति तय गरिएको अदालतले जनाएको छ ।
मुद्दा सदस्यद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले टुंग्याएको हो ।




खबर बजार । १५ फाल्गुन २०८२, शुक्रबार २०:०२