
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिक उकुस-मुकुसको अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।
उहाँले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले झण्डै दुई तिहाई बहुमत सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।




खबर बजार । २५ बैशाख २०८३, शुक्रबार १९:४५