एमाले संसदीय दलको उपनेतामा अर्याल

काठमाडौं । नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ । प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो ।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

एमाले केन्द्रीय कमिटी सचिवसमेत रहनुभएको पूर्व मन्त्री अर्याल समानुपातिकबाट सांसद बन्नुभएको हो ।