अझै बढ्यो सुनको भाउ 

काठमाडाैं । सुनको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ८ सय  रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ ।

चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ६० रुपैयाँ थियो ।