
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकसामू ८ बुँदे प्रतिवद्धता गरेको छ ।

पञ्चपुरी नगरपालिकाको आयोजना तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने सवालमा प्रतिवद्धता गरिएको हो ।

नगर प्रमुख लालविर भण्डारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा सेवालाई थप सुधार गति जनमैत्री बनाउने, नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धिको लागि साझा अभियान सञ्चालन गर्ने, बावियाचौर बजारको ढल निकास र फोहोर व्यवस्थापनको समस्या आगामी आर्थिक वर्षमा समाधान गर्ने प्रतिवद्धता गरिएको छ ।
साथै, स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र पहुँचयुक्त बनाउने. अधूरा आयोजनालाई पूरा गराउन सामुहिक पहल गर्ने, नगरभित्र रहेका सहकारी संस्थाको क्षमता विकास गरी दिगो बनाउने, असार मसान्तमा मात्र विकास निर्माणका काम सञ्चालन गर्ने प्रचलन रोक्ने, बावियाचौरमा मालपोत र नापी सेवा केन्द्र स्थापनाका लागि हामि प्रयास गर्ने प्रतिवद्धता सार्वजनिक सुनुवाइमा गरिएको छ ।
प्रतिवद्धता पत्रमा नगर प्रमुख भण्डारी, उपप्रमुख मुक्तिदेवी रेग्मी र प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले हस्ताक्षर गरेका छन् ।





खबर बजार । १ असार २०८३, सोमबार २२:००