
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक तेस्रो दिन पनि जारी छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

यसअघि ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित छन् ।
आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताउनुभयो ।
बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिए पनि लम्बिन सक्ने बताइएको छ ।
आचार्यकाअनुसार सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्ने र सो बैठक समय अपुग हुँदा भोलिलाई सर्न पनि सक्ने छ । भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने छ ।




खबर बजार । ७ आश्विन २०८३, बुधबार ११:१०