f पालिकासँगको समन्वयमा विद्यालयमा बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह

पालिकासँगको समन्वयमा विद्यालयमा बिदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकताअनुसार विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।

धेरै ठाउँमा ठूलोदेखि धेरैठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च सम्भावना रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

बालबालिकालाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकलाई सुझाव पनि दिएको छ ।