
काठमाडौं । आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी तथा कोशी प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ ।
साथै देशको हिमाली र पहाडी केही ठाउँमा मेघगर्जन चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजसम्म वर्षाको गतिविधि कायमै रहने र भोलि शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने मौसमविद्को भनाइ छ ।




खबर बजार । २३ आश्विन २०८३, शुक्रबार ०६:५२