मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी शुरुआत

२ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जीत निकालेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । यसअघि उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम सात विकेटले पराजित भएको थियो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाउनुभयो ।  उहाँले ३६ बलमा अर्धशतक पूरा गर्नुभयो ।  इशान पाण्डेले ३७ तथा ब्रान्डन म्याकमुलेनले २२ रन बनाउनुभयो । पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले १/१ विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाउनुभयो । मेहदी हसनले ३२ तथा कप्तान कुशल भुर्तेलले २१ रन जोड्नुभयो । साकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन बनाउनुभयो ।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिनुभयो । हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिनुभयो । हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

एनपीएलमा भोलि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच हुनेछ भने बेलुका ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । तेस्रो संस्करणको प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।